कोरोना संक्रमित ३५५ जना कैदीबन्दी छुट्टै वार्डमा

श्रावण १५, २०७८ | मकवानपुर

मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

कारागारको ब्लक ‘क’ र ‘ख’ मा ९ सय ७० जना कैदीबन्दीमा गरिएको एन्टीजेन परीक्षणमा ३ सय ५५ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्यायले जानकारी दिनुभयो ।

कैदीबन्दीलाई भीमफेदीबाट अर्को कारागारमा पठाउने क्रममा ११ जना कोरोना पुष्टि भएको थियो । सो जानकारी आएसँगै भीमफेदी कारागारका सम्पूर्ण कैदीबन्दीमा कोरोना परीक्षण गरिएको हो । उपाध्यायका अनुसार कोराना पुष्टि भएका संक्रमितमा कुनै पनि किसिमको लक्षण देखिएको छैन । संक्रमितलाई कारागारभित्रै निगरानीमा राखिने प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिनुभयो । 


प्रतिक्रिया