उपेन्द्र यादव जसपाको संसदीय दलको नेता चयन

श्रावण १६, २०७८ | काठमाडौं

निर्वाचन आयोगबाट पार्टीको आधिकारिता प्राप्त गरेको जनता समाजवादी पार्टी जसपाले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकमा सर्वसम्मतिले यादवलाई चयन गरिएको सांसद प्रदिप यादवले जानकारी दिनुभयो । डा. बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय यादवको समर्थनमा यादव संसदीय दलको नेता चयन गरिएको हो । यसअघि महन्थ ठाकुर पक्षले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेको थियो । 

आजको बैठकमा २१ सांसदको उपस्थिति रहेको थियो । संसदीय दलको निर्वाचनका लागि नवराज सुवेदीको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेपछि यादवको मात्रै उम्मेदवारी परेको थियो । बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको सांसद यादवले बताउनुभयो । 


प्रतिक्रिया