पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

आश्विन ३, २०७८

पछिल्लो २४ घण्टामा ७ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ३ सय ४ मा गरिएको पीसीआर परीक्षणमा ६ सय ५६ र २ हजार ७ सय ९ जनामा गरिएको एन्टीजेन परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा एक हजार ४ सय १३ जना संक्रमणमुक्त भएका छन् । 

होम आइसोलेशनमा २२ हजार ८ सय ६४ र संस्थागत आइसोलेशनमा एक हजार ४ सय ४९ गरी मूलुकभर २४ हजार ३ सय १३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मूलुकभरका अस्पतालको आइसीयुमा ३ सय ९० जनाको उपचार भइरहेको छ भने एक सय १७ जना भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोनाका कारण ११ हजार ४० जनाले ज्यान गुमाइसकेका छन् । 


प्रतिक्रिया