खुला विज्ञापन आव्हान गर्ने शिक्षक सेवा आयोगको तयारी

आश्विन ३, २०७८

शिक्षक सेवा आयोगले शिक्षक दरबन्दीमा नियुक्तिका लागि खुला विज्ञापन आव्हान गर्ने तयारी गरेको छ । आयोगका सूचना अधिकारी सुदर्शन मरहट्टाले रेडियो कान्तिपुरसंग कुरा गर्दै विभिन्न तहमा १२ हजार दरबन्दी आवश्यक रहेकाले खुला विज्ञापन गर्ने तयारी अघि बढाएको बताउनुभयो । यसअघि आयोगले २०७३ /०७४ मा शिक्षक दरबन्दीका लागि खुला विज्ञापन आव्हान गरेको थियो । 

आयोगले यसअघि २०७६ सालमा अध्यापन अनुमति पत्रका लागि परीक्षा लिएको थियो । आयोगको पछिल्लो तथ्यांक अनुसार ७ लाख बढीले अध्यापन अनुमति पत्र लिएका छन् । त्यसमध्ये १७ हजार बढीले विषयगत लाइसेन्स लिएको उहाँले बताउनुभयो । शिक्षा शास्त्र संकाय अध्ययन गरेर लाइसेन्स लिएका व्यक्तिले भने खुला विज्ञापनमा सहभागि हुनका लागि कुनै तालिम लिन नपर्ने पनि आयोगले जनाएको छ । 


प्रतिक्रिया