पहिरो प्रभावित क्षेत्रको अवलोकनमा पुगेका बुटवल उपमहानगर प्रमुखमाथि हातपात

आश्विन ४, २०७८ | तिलोत्तमा

रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीमाथि हातपात भएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ३ र ४ का पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि पुगेको उपमहानगर प्रमुख सुवेदीमाथि स्थानीयले हातपात गरेका हुन् । 

केही दिनदेखिको लगातारको वर्षाले चुरेबाट खसेको पहिरोले परिएर ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करीब २ दर्जन घरमा क्षति पुगेको थियो । पहिरो प्रभावित क्षेत्रका स्थानीयलाई राहत उपलब्ध नगराएको भन्दै उनीहरु आक्रोशित थिए । 

पहिरो प्रभावित क्षेत्रको अवलोकनमा पुगेका उपमहानगरपालिकाका प्रमुख सुवेदी सहितको टोलीलाई स्थानीयले कुटपिट गरेपछि केहीबेर स्थिति तनावग्रस्त बनेको थियो । 

सोमबार फेरि खसेको पहिरोमा पुरिएर सोही स्थानका ३ वटा घरमा क्षति पुगेको छ । सरकारले आफूहरुलाई बेवास्ता गरेका पहिरो प्रभावित स्थानीयको गुनासो छ । 


प्रतिक्रिया