काठमाडौं महानगरपालिकामा स्कूल खुले

रेडियो कान्तिपुर संवाददाता

आश्विन १०, २०७८ | काठमाडौं


कोरोना महामारीका कारण बैशाखको दोस्रोसातादेखि बन्द रहेका काठमाडौ महानगरपालिकाभित्रका विद्यालय आजदेखि खुलेका छन् । गत बुधबार बसेको नगर शिक्षा समितिको बैठकले आजबाट स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड अपनाउँदै विद्यालय खोल्न पाउने निर्णय गरेको थियो । भौतिक रुपमा कक्षा सञ्चालन गर्न विद्यालयहरुले महानगरले तयार पारेको २७ बुँदे मापदण्ड पूर्ण पालना गर्नुपर्ने नगर शिक्षा समितिले जनाएको छ ।

 महानगरं विद्यालय सञ्चालनका लागि बाध्यकारी भने बनाएको छैन । अनलाइन कक्षा प्रभावकारी भएको विद्यालयलाई भने अनिवार्य भौतिक कक्षा सञ्चालनको लागि आग्रह नगरिएको महानगरले जनाएको छ । काठमाण्डौ उपत्यकाका केही विद्यालय भने यसअघि नै सञ्चालन भइरहेका छन । 


प्रतिक्रिया