घोडाहा पुलको डाइभर्सन बाढीले बगायो, राजमार्ग अवरुद्ध

कार्तिक १, २०७८ | तिलोत्तमा

आइतबारदेखिको लगातारको वर्षाले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देही सडकखण्ड अवरुद्ध भएको छ । रुपन्देहीको देवदह नगरपालिका–७ शितलनगरस्थित घोडाहा पुलमा निर्मित डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो । 

पुल भासिएपछि भैरहवा–परासी हुँदै सवारी साधन आवागमन गराइएको बुटवलस्थित लुम्बिनी प्रदेश ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 

गत भदौमा आएको बाढीका कारण घोडाहा पुल भत्किएपछि डाइभर्सन बनाई सवारी आवागमन गराईएको थियो । सो डाइभर्सनको एक भाग आइतबार बिहानैदेखि जोखिमपूर्ण बनेपछि एकतर्फी मात्र सवारी साधन सञ्चालन गरिएको थियो । तर, निरन्तरको वर्षाले डाइभर्सन नै बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।


प्रतिक्रिया