पछिल्लो २४ घण्टामा मूलुकभर १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

मंसिर १२, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा मूलुकभर १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४० जनामा गरिएको पीसीआर परीक्षणबाट एक सय ५४ र २ हजार ३ सय १४ जनामा गरिएको एन्टीजेन परीक्षणबाट ४ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ३ सय ४२ जना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय २३ पुगेको मन्त्रालयले जनाएको छ । मूलुकभर ६ हजार ९ सय ६६ जना सक्रिय संक्रमित रहेका छन् । 


प्रतिक्रिया