पासोबाट उद्धार गरेको चितुवा मर्‍यो

चैत्र १७, २०७८ | कञ्चनपुर

बुधबार पासोबाट उद्धार गरिएको चितुवा मरेको छ । उद्धारपछि पिजरामै राखेको अवस्थामा बिहीबार दिउँसो चितुवाको मृत्यु भएको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरका अनुसार चितुवाको पछाडिको भाग चलेको थियो । 

पासोका कारण ढाडमा गम्भीर चोट लागेको र हुन सक्ने उहाँले बताउनुभयो । चितुवाको पोष्टमार्टम गरिएपनि रिपोर्ट नआएको उहाँको भनाई छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउकै खोलामा मंगलबार राति सो चितुवा पासोमा फसेको थियो । 

बुधबार निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उद्धार गरेको थियो । उद्धार गरेको दुई/तीन घण्टामै होसमा आएपनि पछाडीको भाग चलेको थिएन । बुधबार राति मासु र पानी राखेपनि चितुवाले पानी मात्रै आएको सहायक संरक्षण अधिकृत ऐरले बताउनुभयो । 


प्रतिक्रिया