पल शाह प्रकरणः पीडित नावालिगले बयान फेरिन्

वैशाख ४, २०७९

अभिनेता पल शाह (पुर्णविक्रम शाह) विरुद्ध जबरजस्तीकरणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत तनहु“मा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी जिल्ला अदालत तनहुंका श्रेस्तेदार मिनबहादुर कुंवरले बताउनुभयो ।

नाबालिग र उनका पिता दुवैको उपस्थितिमा बन्द इजालसमा वयान लिइएको श्रेस्तेदार कु“वरले बताए । उनका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । कुंवरले भने, ‘पलले मलाई जवरजस्तीकरणी गरेका छैनन्, अरुको बहकावमा जाहेरी र बयान दिएकी हु“ भनेर नाबालिगले भनिन् ।’

नाबालिग होस्टाइल भइन्, आफूलाई पलले करणी नगरेको भन्दै बयान दिएकी उनले बताए । उनले भने, ‘प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुं भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुं र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी छन् ।’ यस्तै, नावालिकका पिताको वकपत्र सोमबार लिने अदालतका श्रेस्तेदार कुंवरले बताउनुभयो ।

नाबालिगलाई जबरजस्तिकरणी गरेको भन्दै गत फागून ११ गते उनका पिताले प्रहरी कार्यालय तनहुंमा शाहबिरुद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएको ५ दिनपछि प्रहरीको सम्पर्कमा आएका शाहलाई अनुसन्धानको लागि ३ पटक जिल्ला अदालतबाट म्याद थप भएको थियो । गत चैत्र १० गते जिल्ला न्यायधीश हरिश्चन्द्र ढुंगानाको एकल इजालसले शाहलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । शाहविरुद्ध नाबालिगले नवलपरासीमा पनि जबरजस्तिकरणीको मुद्दा दर्ता गराएकी थिइन् । सो मुद्दामा पनि नवलपरासी अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।आइतबार जिल्ला अदालत तनहु“मा बकपत्र दिने क्रममा उनले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी जिल्ला अदालत तनहु“का श्रेस्तेदार मिनबहादुर कुंवरले बताउनुभयो ।

नाबालिग र उनका पिता दुवैको उपस्थितिमा बन्द इजालसमा वयान लिइएको श्रेस्तेदार कु“वरले बताए । उनका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । कुंवरले भने, ‘पलले मलाई जवरजस्तीकरणी गरेका छैनन्, अरुको बहकावमा जाहेरी र बयान दिएकी हु“ भनेर नाबालिगले भनिन् ।’

नाबालिग होस्टाइल भइन्, आफूलाई पलले करणी नगरेको भन्दै बयान दिएकी उनले बताए । उनले भने, ‘प्रहरीमा दिएको बयान पनि होइन भन्दै जे लेखेर दिए त्यहि सारेकी हुं भनिन् । जबकी उनले प्रहरी समक्ष आफूलाई पलले पोखरा, तनहुं र गैंडाकोटमा गरेर तीनपटक करणी गरेको बताएकी छन् ।’ यस्तै, नावालिकका पिताको वकपत्र सोमबार लिने अदालतका श्रेस्तेदार कुंवरले बताउनुभयो । ।

नाबालिगलाई जबरजस्तिकरणी गरेको भन्दै गत फागून ११ गते उनका पिताले प्रहरी कार्यालय तनहुंमा शाहबिरुद्ध जबरजस्तीकरणीको मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएको ५ दिनपछि प्रहरीको सम्पर्कमा आएका शाहलाई अनुसन्धानको लागि ३ पटक जिल्ला अदालतबाट म्याद थप भएको थियो । गत चैत्र १० गते जिल्ला न्यायधीश हरिश्चन्द्र ढुंगानाको एकल इजालसले शाहलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । शाहविरुद्ध नाबालिगले नवलपरासीमा पनि जबरजस्तिकरणीको मुद्दा दर्ता गराएकी थिइन् । सो मुद्दामा पनि नवलपरासी अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।


प्रतिक्रिया