जीपको ठक्करबाट दुई जना घाइते

वैशाख ११, २०७९ | कञ्चनपुर

पुर्व पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ वनसमितिमा जीपको ठक्करले दुई जना घाइते भएका छन् ।

 जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोट नगरपालिकाका राज कुमार राना र करन राना घाइते भएका हुन् ।

 धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको बाग्मति प्रदेशको १३७६ नम्बरको जीपले म २ प ९९६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताउनुभयो । उहाँका अनुसार गाडीमा सांसद र मेयर लगायत सवार थिए । 


प्रतिक्रिया