लमजुङमा ठूला दललाई उम्मेदवार टुंग्याउन सकस

वैशाख ११, २०७९ | लमजुङ

सत्ता गठबन्धन र एमालेले उम्मेदवार टुंग्याउन नसक्दा लमजुङका ठूला दललाई उम्मेद्वार टुंग्याउन सकस परेको छ । साना राजनीतिक दलले निर्वाचन कार्यालयमा आइतबार उम्मेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धन भए पनि कांग्रेस, माओवादी, जसपा र नेकपा एसले आ–आफ्नै ढंगले मनोनयन पत्र लगेका छन् । 

गठबन्धनबीच कुरा नमिल्दा जसपाले दोर्दी गाउापालिका र बेंसीसहर नगरपालिकामा प्रमुखसहितका पदमा उम्मेदवारी घोषणा गरेको छ । कांग्रेस नेता कार्यकर्ताले कांग्रेस एक्लै चुनाव लड्ने तयारी गरेको बताइरहेका छन् ।

स्रोतका अनुसार गठबन्धन राजनीतिक दलका संयन्त्रबीच दोर्दी गाउापालिकाका अध्यक्ष माओवादीले लिने र उपाध्यक्षसहित बहुमत वडाअध्यक्ष कांग्रेसले लिने सहमति भएको छ । तर, दोर्दीस्थित कांग्रेसका नेताहरुले सहमति अमान्य भएको भन्दै असहमति जनाउादै आएका छन् । माओवादी केन्द्रले प्रमुख दावी गरेको राइनास नगरपालिकामा पनि कांग्रेसले आफ्नो दावी नछोडेपछि छुट्टाछुट्टै चुनाव लड्ने कांग्रेस–माओवादी केन्द्रका नेताहरुले बताइरहेका छन् ।

उनीहरुबीच मस्र्याङ्दी र दोर्दी गाउापालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रले भागबण्डा गरेका छन् । मध्य नेपाल नगरपालिकामा उपप्रमुखमा माओवादीले दावी गरिरहेको छ । यसअघि जसपाले सुन्दरबजार नगरपालिका वा बेंसीसहर नगरपालिकाको उपप्रमुख पाउनेगरि कुरा अघि बढेकोमा माओवादी केन्द्रले सुन्दरबजार वा बेंसीसहरको उपप्रमुखमा दावी गरेपछि जसपाले दोर्दी र बेंसीसहरमा छुट्टै उम्मेदवारीको घोषणा गरेको हो । सुन्दरबजार र बेंसीसहरको उपप्रमुखमध्ये नेकपा एसले दावी गरेको छ । जसपा केन्द्रीय सदस्य खेमजंग गुरुङले सत्ता गठबन्धनको संयन्त्रमा रहेका कांग्रेस र माओवादी केन्द्रका नेताहरुको व्यवहारका कारण उम्मेदवार घोषणा गरेर अघि बढ्न बाध्य भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज पारसमणि पौडेलले छलफलमै रहेको र सहमति भइनसकेको बताउनुभयो । उहाँका अनुसार बैठक अझै निष्कर्षबीहिन छ । ‘हामी चााडै टुंग्याउाछौं । छलफल सकरात्मक कोणबाट अघि बढिरहेको छ’ उहाँले दावी गर्नुभयो । कांग्रेस सभापति एवं सत्ता गठबन्धन जिल्ला संयन्त्रका संयोजक डा. टकराज गुरुङले छलफल टुंगिने मोडमा पुगेको बताउनुभयो । ‘हामी छलफल टुंग्याउने चरणमा छौं’ उहाँले भन्नुभयो ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच तालमेल हुादा ३ पालिका प्रमुख र ३ पालिका उपप्रमुख माओवादी केन्द्रलाई दिएर एमालेले ५ पालिका प्रमुख र ५ पालिका उपप्रमुखमा चुनाव लडेको थियो । यसपटक माओवादी केन्द्रले एउटामात्रै प्रमुख पाए पनि कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले विरोध जनाएका छन् ।

एमालेले पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन । जिल्लाबाट पठाएको नामावलीमाथि प्रदेशको बैठकमा छलफल भइरहेको एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडीले बताउनुभयो । ‘उम्मेदवारको नाम टुंगिने चरणमा छ । हामी छलफल गरिरहेका छौं । टुंगोमा पुग्न सकेको छैन’ उहाँले भन्नुभयो ।


प्रतिक्रिया