महिलामैत्री केन्द्र बन्यो मोहनकन्या

वैशाख २९, २०७९

पाल्पाको एक मतदान केन्द्रमा सबै महिला कर्मचारी परिचालन गरिएको छ । यहाँ प्रहरी र म्यादीसमेत महिला परिचालन गरिएको छ । तानसेन नगरपालिका–४, मोहनकन्या मतदान केन्द्रमा महिला मात्रैको केन्द्र बनाइएको हो । यहाँ जिल्ला प्रशासन कार्यालयकी अधिकृत रमा श्रेष्ठ र करदाता सेवा कार्यालयकी प्रमुख गीता पाण्डेय मतदान अधिकृत छन् । सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र स्वयंसेवक पनि महिला नै खटाइएको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिनुभयो । ‘महिलालाई मात्रै पनि अवसर दिनुपर्छ भन्ने लाग्यो,’ उहाले भन्नुभयो, ‘त्यसैले महिला प्रहरी र म्यादी पनि सोही अनुसार खटाइएको छ ।’ मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले राजनीतिक दलहरुले महिला नै प्रतिनिधि खटाउने हो भने नमुना नै बन्ने बताउनुभयो


प्रतिक्रिया