इनिशाको हत्याको विरोध गर्दै माइतीघरमा आज पनि प्रदर्शन

रेडियो कान्तिपुर संवाददाता

चैत्र ७, २०८२ | काठमाडौं

सुर्खेतकी इनिशा विकको सामूहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । अभियन्ता, अधिकारकर्मी लगायतको सहभागितामा सो प्रदर्शन गरिएको हो । 

उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला हिंसा अन्त्य गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागी अधिकारकर्मीहरूले राज्यले महिला र बालबालिकाको सुरक्षामा ध्यान दिन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।


प्रतिक्रिया