बुटवललाई आर्थिक राजधानी बनाउने लुम्बिनी सरकारको घोषणा

जेष्ठ २५, २०७९

लुम्बिनी प्रदेश सरकारले पर्यटन र कृषिलाई रोजगारी सिर्जनाको आधार बनाउनेगरि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेशको अस्थायी मुकाम रहेको बुटवललाई आर्थिक राजधानी र कपिलवस्तुलाई सांस्कृतिक राजधानीको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो । 

सरकारले प्रदेशको राजधानी व्यवस्थापन बाहेक लुम्बिनी र राप्ती प्रादेशिक अस्पताललाई विशेषज्ञ सेवा दिने अस्पतालका रुपमा विकास गर्ने नीति कार्यक्रममा उल्लेख छ । अधिकांश कार्यक्रम पुरानैलाई निरन्तरता दिइएको प्रदेश सरकारले राष्ट्रको गौरव र प्रदेशको पहिचान झल्कने राजधानी निर्माण गरिने उल्लेख छ ।  


प्रतिक्रिया