अमेरिकी फौजी किराले बाली सखाप

असार ६, २०७९

अमेरिकन फौजी किराले सल्यानको कालिमाटी गाउँपालिकाको तीन वटा वडामा किसानले झन्डै दुई सय हेक्टर जग्गामा लगाएको हिउँदे तथा बर्षे मकैबालीमा क्षति पुर्‍याएको छ । अमेरिकन फौजी किराले मकै बालीमा क्षति पुर्‍याएपछि कालिमाटी गाउँपालिका १, २ र ३ वडाका ५ सय बढी किसान प्रभावित भएका छन् । 

बिषादी प्रयोग गर्दा समेत उनीहरुले मकै बचाउन सकेका छैनन् । खेतमा तीन र पाखोमा दुई बाली लगाई खेतीपातीबाटै जिविकोपार्जन गर्दै आएका कालिमाटी गाउँपालिकाको तीन वडाका किसानले लगाएको मकै फौजी किराले मकै सखाप पार्न थालेको हाम्रा सहकर्मीले जनाएका छन् । बिषादी प्रयोग गर्दा पनि मकैबाली बचाउन गाह्रो भएपछि सम्बन्धित निकायलाई उनीहरुले गुहार्न थालेका छन् । यद्यपि सम्बन्धित निकायले भने बेवास्ता गरेको किसानको गुनासो छ । 


प्रतिक्रिया