ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

रेडियो कान्तिपुर संवाददाता

असार ८, २०७९ | काठमाडौं

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी भक्तपूर मध्यपुर ठिमी नगरपालिकाका ४६ वर्षिय रमेश राजबहाकलाई प्रहरीले पक्राउ गरेको छ ।

 राजबहाकले उच्च अदालत विराटनगरको गेट अगाडी कमल सिंह लामालाई खुकुरी प्रहार गरी घाईते बनाएको जाहेरी प्रहरीमा परेको थियो ।

 सोही जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ राजबहाकलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय, मोरङ पठाईएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया