कपिलवस्तु क्षेत्र नं. १ मा एमाले उम्मेदवार अधिकारी विजयी

मंसिर ८, २०७९ | कपिलवस्तु

कपिलवस्तुमा तीन वटा प्रतिनिधिसभा सदस्य पदकालागि भएको निर्वाचनमा पहिलो जीत नेकपा एमालेले निकालेको छ । क्षेत्र नं. १ मा एमाले उम्मेदवार बलराम अधिकारी १५ हजार ६ सय ९२ मतान्तरले विजयी हुनु भएको छ ।

 उहाँले ३४ हजार ६ सय ७५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनबाट माओबादी केन्द्रका उम्मेदवार चक्रपाणी खनालले १८ हजार ९ सय ८३ मत ल्याएको सहायक निर्वाचन अधिकृत शान्तराज आचार्यले बताउनुभयो । विजयी अधिकारी २०७० को संविधान सभा सदस्य निर्वाचित भएका थिए ।


प्रतिक्रिया