सर्लाही २ (२) मा कांग्रेसका राय विजयी

मंसिर १०, २०७९ | सर्लाही

प्रदेश सभा अन्तर्गत सर्लाहीको क्षेत्र २ (२) मा नेपाली कांग्रेसका उम्मेदवार कौशल किशोर राय विजयी हुनु भएको छ । रायले ९ हजार ६ सय २६ मत ल्याएर प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

रायले निकटतम् प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई १ सय ७९ मतान्तरले पराजित गर्नुभयो । पराजित चौधरीले ९ हजार ४ सय ४७ मत प्राप्त गर्नुभयो । 

यस्तै सो क्षेत्रका निवर्तमान प्रदेश सांसद समेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले ८ हजार ९४० मत प्राप्त गर्नुभयो । मतगगणनाको सुरुवातदेखि नै तीन जनाबीच कडा प्रतिस्पर्धा भइरहेको थियो । योसँगै जिल्लाको आठ वटै प्रदेशको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । 


प्रतिक्रिया