विपक्षी दलको अवरोधपछि प्रधानमन्त्रीसँगको प्रश्नोत्तर स्थगित

असार ६, २०८२ | काठमाडौं

विपक्षी दलको विरोधपछि प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीसँगको प्रश्नोत्तर स्थगित भएको छ ।

 विपक्षी रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणको विषय उठाएर विरोध जनाएपछि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूचि प्रभावित भएको हो । प्रश्नोत्तर अघि बढाउने प्रयास सभामुख देवराज घिमिरेले गरेपनि त्यो सफल हुन सकेन । रास्वपा र राप्रपाले बैठक बहिष्कार गरेका छन् । सभामुखको पटक पटकको आग्रह विपक्षी दलले नमानेपछि उहाँले विशेष कारणवश प्रधानमन्त्रीसँगको प्रश्नोत्तर स्थगित गरिएको बताउनुभयो ।

 दुई दलको बहिष्कारपछि प्रतिनिधिसभाको बैठकमा विभिन्न मन्त्रालयगत विनियोजन शीर्षकमा सांसदहरुले धारणा राखिरहेका थिए । यसअघि मन्त्रालयगत छलफलमा केही मन्त्री सहभागी नभएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवै दलका सांसदले विरोध जनाएका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग सहमति भएपनि अन्य दुई विपक्षी दलको विरोध जारी रहँदा प्रतिनिधिसभा बैठकमा असहजता उत्पन्न भएको छ । 


प्रतिक्रिया