चक्रपथ क्षेत्रको निषेधाज्ञा हट्यो

असार ६, २०८२ | काठमाडौं
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत जेठ १८ गतेबाट लागू गरेको चक्रपथभित्रको निषेधाज्ञा हटाएको छ ।
राजतन्त्र पुर्नस्थापनाका लागि भन्दै राप्रपा सहितका दल र समूहले अनिश्चितकालिन प्रदर्शन गर्ने जनाएपछि प्रशासनले सिफल, कोटेश्वर र बल्खु बाहेक चक्रपथ भित्रका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अशोकुमार भण्डारीले विज्ञप्ती जारी गदै निषेधाज्ञा हटाइएकोबारे जानकारी दिनुभएको हो ।
प्रशासनले काठमाडौंको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरु गर्न निषेध आदेश जारी गरेको थियो ।