ग्वार्को ओभरपासको उद्घाटन

असार ६, २०८२ | काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आज काठमाडौं चक्रपथको कलंकी–कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को ओभरपासको उद्घाटन गर्नुभएको छ ।
सो क्रममा प्रधानमन्त्री ओलीले देश विकासको नयाँ चरणमा प्रवेश गरेको दाबी समेत गर्नुभयो । ओभरपासको सुरुवात आफ्नै कार्यकालमा भएको भन्दै उहाँले देशको अर्थतन्त्रलाइ अगाडी बढाउन विकास निर्माणका अन्य कार्य समेत अगाडी बढेको दाबी गर्नुभएको हो । उपत्यकाको व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ’ओभरपास’ निर्माणले हालै मात्र पूर्णता पाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।