त्रिविका १० सेवा अनलाईनबाट लिन मिल्ने

असार ६, २०८२ | काठमाडौं

त्रिभुवन विश्वविद्यालयले परिक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्रदान हुँदै आएको विभिन्न १० वटा सेवा अब अनलाइनबाट लिन सकिने व्यवस्था गरेको छ । 

यहि असार १५ गतेबाट लागू हुने गरि सो व्यवस्था मिलाइएको विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । विश्वविद्यालयको आधिकारीक वेबसाईटमार्फत आवश्यक विवरण भरी अनलाईन सेवा लिन सकिने विश्वविद्यालयले जनाएको छ । 

विश्वविद्यालयका अनुसार रजिष्ट्रेशन आवेदन फारम, परिक्षा आवेदन फारम, ट्रान्सक्रिप्ट आवेदन फारम, प्रोभिजनल सर्टिफिकेट, रि–टोटलिङका लागि अनलाईन मार्फत आवेदन सकिने व्यवस्था मिलाइएको छ ।  


प्रतिक्रिया