लुम्बिनीका मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

पुस २८, २०७९ | रुपन्देही

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीसहित दुई मन्त्रीले शपथ लिनुभएको छ । दाङको देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहमा मुख्यमन्त्री गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

 एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीलाई मन्त्री बनाइएको छ । दुवै मन्त्रीलाई देउखुरीमै आयोजित कार्यक्रममा प्रदेश प्रमुखले केहीबेर अघि शपथ गराउनुभएको हाम्रा सहकर्मीले जनाएका छन् । उहाँहरुको मन्त्रालय तोक्न बाँकी छ ।


प्रतिक्रिया