गोरखाको २ सय वर्ष पुरानो गुम्बामा आगलागी

माघ १०, २०७९ | गोरखा

 गोरखाको चुमुनव्री गाउँपालिका–२ स्थित हिनाङको पुङचे गुम्वामा आगलागी भएको छ ।

मंगलबार दिउँसो करिब साँढे चार बजेतिर आगलागी भएको खवर आएपछि प्रहरी चौकि ल्होबाट घटनास्थल तर्फ प्रहरी गएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले बताउनुभयो ।

गुम्वा आसपास वस्ती नभएकाले आगलागीको अवस्थाबारे खुल्न नसकेको एसपी खनालले जानकारी दिनुभयो ।

सो गुम्बा दुइ सय बर्ष पुरानो रहेको स्थानीय बताउँछन् । गुम्बाका जेष्ठ नागरिक आवासीयरुपमा बस्दै आएका थिए । 


प्रतिक्रिया