राष्ट्रपति बारे श्रेष्ठ भन्छन्, ‘हाम्रो कुरो अर्कै छ, सवैलाई मिल्ने लिङ्क खोज्दै छौ’

फाल्गुन ९, २०७९

उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रपतिबारे सबै पार्टीहरु बीच छलफलबाट सहमति खोज्नुपर्ने बताउनु भएको छ । गोरखा पुगेका श्रेष्ठले पत्रकार सँगको कुराकानीमा पार्टीमा राष्ट्रपतिबारे आफ्नो कुनै निर्णय नभएको बताउनुभयो । राष्ट्रपतिबारे लोकतन्त्रको निम्ति संघर्ष गरेका दलहरु बीच एक ठाउँमा मिल्ने आधार बन्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।

कांग्रेस एमाले नभनी देशको अहिले आवश्यकता अनुसार सामाजिक न्याय सहितको समृद्धिको लक्ष्यहासिल गर्न सबै राजनितिक पार्टीहरु जो हिजो लोकतन्त्रको निम्ति संघर्ष गरेका थिए, उनिहरु एक ठाउमा मिल्ने आधारको कहि न कहि, लिङ्क बनाउनुपर्ने उहाँको भनाई थियो । पुष्पकमल दाहाल पार्टीे अध्यक्ष पनि भएकाले राष्ट्रपति बारे निर्णय गर्ने अधिकार दिनु स्वभाविक भएको उहाँले उल्लेख गर्नुभयो । 


प्रतिक्रिया