ताप्लेजुङको फक्ताङलुङमा असिनाले बालीमा क्षति

फाल्गुन १८, २०७९ | ताप्लेजुङ

ताप्लेजुङमा असिना पानी पर्दा हिउँदे बलीमा क्षति पुगेको छ । फक्ताङलुङ गाउॅपालिका १ सावादिन र २ खेजेनिममा परेको असिनाले आलु, साग लगायतका तरकारी तथा गहुॅ, जौं लगायतका अन्नवालीमा क्षती पुगेको छ । 

हिजो साँझ झण्डै आधाघण्टा परेको असिनाले ठूलो नोक्सान पुर्‍याएको स्थानीय किसानको भनाई छ । प्रत्येकवर्ष ढिलो गरी हिमपात हुँदा असिना पर्ने गरेको किसानहरु बताउॅछन । सुन्तला, कागती जस्ता फलफुलको दाना लाग्ने समयमा असिना पर्दा क्षती पुगेको किसानले बताएका छन् । 


प्रतिक्रिया