टेलिकम परिसरमा महानगरले फाल्यो ७ ट्याक्टर फोहोर

चैत्र २१, २०७९ | पर्सा

पर्साको वीरगञ्ज महानगरपालिकाले श्रीपुरस्थित नेपाल टेलिकमको प्रादेशिक कार्यालय परिसरमा फोहोर फालेको छ । सेवा बिस्तारका क्रममा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको भन्दै महानगरपालिकाले सहरबाट संकलित फोहोर टेलिकम कार्यालय परिसरमा फालेको हो । 

महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर फोहोर टेलिकम कार्यालयको मुख्य प्रवेशद्वारमै फालेको हो । टेलिकमले अप्टिकल फाइबर बिछ्याउने क्रममा कालोपत्रे सडक खनेर अलपत्र छाडेको र मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा फोहोर फाल्नु परेको महानगरका प्रमुख राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताउनुभयो । 


प्रतिक्रिया