सीमा नाका खुलाउने प्रक्रिया अघि बढाउँछौ : प्रधानमन्त्री दाहाल

वैशाख ६, २०८० | गोरखा

प्रधानमन्त्री पुष्पकमल दाहालले कोभिडपछि बन्द भएको चीन सीमा क्षेत्रका नाका खुलाउने प्रक्रिया अघि बढाउने बताउनुभएको छ । गोरखाको चुमनुव्री गाउँपालिका ७ छेकम्पारस्थित श्याग्या महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले नाका खुलाउन यसअघि पनि कुरा भइरहेको र प्रक्रिया अघि बढाउने बताउनुभयो ।

महोत्सव उद्घाटनमा पुगेका दाहाललाई स्थानीयले चुमनुव्री गाउँपालिका–१ सामागाउँको रुइला र वडा नम्र ७ छेकम्पारको ङुइला नाका खुलाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । चुम उपत्यकालाई अहिंसा क्षेत्र स्थापित भएको एक सय वर्ष पुरा हुनु आफैमा इतिहास भएको भन्दै यसले सिंगो देश र दुनियालाई पनि शान्ति र अहिंसाको सन्देश दिएको दाहालले बताउनुभयो ।

अहिंसा क्षेत्र घोषणा भएको एक सय वर्ष पुगेको अवसरमा महोत्सवको आयोजना गरिएको हो । चुम उपत्यकालाई १९७७ सालको वुद्धजयन्तीको अवसरमा अहिंसा क्षेत्र घोषणा गरिएको थियो ।


प्रतिक्रिया