सिसवाका आगलागी पीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण

वैशाख ९, २०८० | कपिलवस्तु

कपिलवस्तुको विजयनगर गाउँपालिका–५ सिसवाका आगलागी पीडितलाई खाद्यान्न र लत्ताकपडा वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा रेडक्रस सोसाईटी शाखा र विजयनगर गाउँपालिकाले पीडितलाई तत्काल राहत उपलब्ध गराएको हो ।

रेडक्रसले आगलागी पीडितका लागि त्रिपाल, ब्लयांङकेट दुई थान, कपडा र भाडाकुँडा एक/एक थान वितरण गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो । त्यस्तै विजयनगर गाउँपालिकाले बढी क्षति भएका ९ घरमा ५ हजार रुपैयाँ बराबरको खाद्य सामग्री प्रदान गरेको छ ।

बिहीबार स्थानीय कुसुम पासीको घरमा लागेको आगो वरपरका अन्य घरमा समेत सल्किएको थियो । आगलागीबाट विजयनगरका ७ घर, ११ गोठ जलेर नष्ट हुँदा एक करोड भन्दा बढीको क्षति भएको विजयपुर–५ का वडा अध्यक्ष अनवर मुसलमानले जानकारी दिनुभयो । 


प्रतिक्रिया