बाराको सुवर्ण गाउँपालिकामा विद्यार्थी र प्रहरीबीच झडप

जेष्ठ ८, २०८० | बारा

बाराको सुवर्ण गाउँपालिकामा प्रहरी र विद्यार्थीबीच झडप हुँदा केही विद्यार्थी घाइते भएका छन् । पालिकाअन्तर्गतको शिक्षा शाखाबाट हर्दिया प्रशुरामपुर र देवापुर बहुअर्वा माविका प्रधानाध्यापकसहित अन्य विद्यालयका केही शिक्षकलाई एक अर्को विद्यालयमा हेरफेर गर्दा विद्यार्थीलाई उचालेर आक्रोसित बनाइ आन्दोलनको नाममा तोडफोड गराउन केही शिक्षकहरू उद्दत देखिएको पालिका अध्यक्ष राजेश राय यादवले बताउनुभयो । 

शिक्षा शाखाका प्रमुख विद्यानन्द यादवका अनुसार विद्यालयको शैक्षिक अवस्था सुधारका लागि शिक्षकलाई हेरफेर गर्दा विद्यार्थीलाई प्रयोग गर्दा झडप भएको हो । गाउँकार्यपालिका र विद्यालयमा विद्यार्थीले तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले २ दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ । 

तोफोड रोक्न खोज्दा विद्यार्थीले ढंगामुढा गरेपछि प्रहरीले बल प्रयोग गरेको जनाएको छ । स्थिती सामान्य बनाउन जिल्लामा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । 


प्रतिक्रिया