पूर्वसांसद रेशम चौधरी रिहा

जेष्ठ १५, २०८० | काठमाडौं

टीकापुर घटनामा दोषी ठहर भइ जेलजिवन विताउदै आएका पूर्वसांसद रेशम चौधरी छुटेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा चौधरीलाई आम माफि दिएपछि चौधरी डिल्लीबजारस्थित केन्द्रीय कारगारबाट छुटेका हुन् । बिहान ८ बजे छुटेका चौधरीलाई लिन उनका परिवारका सदस्य तथा नेता कार्यकर्ता कारागार परिसर पुगेका थिए ।

टीकापुरमा २०७२ को भदौमा थरूहट संघर्ष समितिले आन्दोलन चर्काउँदा भएको झडपमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान गएको थियो । चौधरीलाई सोहि घटनाको मुख्य योजनाकार रहेको आरोपमा जन्मकैदको फैसला सुनाइएको थियो ।

चौधरीलाई जन्मकैदको सजाय हुने गरी जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले गरेको फैसलालाई जेठ २ गते सर्वोच्च अदालतले सदर गरेको थियो ।

मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले चौधरीसहित ५ सय १ जनाको कैद माफी दिनुभएको हो ।

राष्ट्रपति कार्यालय अनुसार नेपालको संविधानको धारा २ सय ७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३ सय ७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४ सय ८२ जना कैदीहरुको भुक्तान हुन बाँकीलाई कैद सजाय माफी दिइएको हो ।

यस्तै संविधानको धारा २ सय ७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १ सय ५९ अनुसार टोपबहादुर बुढा सहित १९ जनालाई माफि दिइएको हो । 


प्रतिक्रिया