गर्मीका कारण सुर्खेतका निजी विद्यालय १ हप्ता बन्द गरिने

जेष्ठ २४, २०८०

गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू १ हप्ता बन्द गरिने भएका छन् । अत्यधिक गर्मी बढ्न थालेपछि निजी विद्यालयले एक हप्ताको लागि पठनपाठन बन्द गर्ने भएका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनको सुर्खेत कार्यसमितिले विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरेको छ । 

सोहीअनुसार विद्यालयमा जेठ २४ देखि ३० सम्म पठनपाठन बन्द हुनेछ । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको बताउँदै प्याब्सनले वातावरणमा सुधार आएपछि जेठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने योजना बनाएको जनाएको छ । 


प्रतिक्रिया