धन्सारले च्यापिएर गोरखामा एकको मृत्यु

असार १९, २०८० | गोरखा

गोरखाको गण्डकी गाउँपालिका–४ ढावेमा निर्माणाधिन धन्सार भत्किंदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । धन्सारले च्यापेर स्थानीय ४१ वर्षीया मिना बरामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

६५ वर्षीय रामकृष्ण बराम, ४५ वर्षीय जंगबहादुर बराम र २१ वर्षीय सुजन बराम घाइते भएका छन् । रामकृष्णलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ भने बाँकी दुई जनाको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।


प्रतिक्रिया