दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनाप्रति राप्रपाको आपत्ति
माघ २४, २०८२ | काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको जनाएको छ । प्रसाईंलाई गिरफतार गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको जनाउँदै राप्रपाले आपत्ति जनाएको हो ।
पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले विज्ञप्ति जारी गर्दै प्रसाईंलाई बिना सर्त तत्काल रिहा गर्न सरकारसँग माग समेत गर्नुभएको छ ।









