बाराको पचरौतामा फेरि एक युवकको हत्या

आश्विन ९, २०८० | बारा

बाराको पचरौता नगरपालिका ६ पकडीया गाउँको लक्ष्मीनिया पोखरीको डिलमा फेरि एक युवकको हत्या भएको छ । नेपाल–भारत सीमावर्ती गाउँमा हत्या भएका अन्दाजी ३५ बर्षीय युवकको पहिचान हुन सकेको छैन । 

फलामे रडले घाँटीमा घोचेर हत्या गरिएको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक रवि भूषण यादवले बताउनुभयो । ३६ घण्टा नवित्दै सोही पालिकामा यो दोस्रो युवकको हत्या भएको हो । गत आईतवार मध्य रातमा दसगजामा पूर्वसशस्त्र प्रहरीका जवान पचरौता १ पिपरपाती निवासी ३४ बर्षीय अमरेश सिंहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । घटनाबारे अनुसन्धानसँगै मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरी निरिक्षक यादवले बताउनुभयो ।


प्रतिक्रिया