चीन प्रवेशका लागि गोरखास्थित रुइला, ङुयुइला नाका खुला

आश्विन १७, २०८० | गोरखा

चीन प्रवेशका लागि गोरखाको चुमनुव्री गाउँपालिका स्थित रुइला ङुयुइला नाका खुला गरिएको छ । कोरोना महामारीका कारण चार वर्षदेखि बन्द भएको सो नाका चीन सरकारले खुल्ला गरेसँगै सो गाउँपालिकाका स्थानीयले चिनियाँ बजार प्रवेशको अनुमति पाएका छन् ।

दुई साता अघि चीन सरकारले नाका खुल्ला गरेपनि नेपाली पक्षबाट पास वितरण नहुँदा स्थानीय सीमा पारीको बजारमा जान पाएका थिएनन् । जिल्ला प्रशासन कार्यालय गोरखाले आजबाट लागूू हुने गरि सिर्दिवासस्थित इलाका प्रशासन कार्यालयबाट बोर्डर पास वितरण सुरु गरेको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले बताउनुभयो ।

उहाँका अनुसार चुमनुव्रीको ३ नम्वर वडा वाहेक अन्य वडाका स्थानीयले बोर्डर पास पाउनेछन् । सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका स्थानीयलाई मात्र चीन प्रवेश गर्न पाउने व्यवस्था गरिएको हो । नाका खुलेसँगै दैनिक उपोभोग्य सामान सुलभ मूल्यमा खरिद गर्न सहज हुने अपेक्षा गरिएको छ ।  


प्रतिक्रिया