एक सातादेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रभावित

कार्तिक २, २०८० | धरान

नसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरोधमा उत्रिएका चिकित्सक र सरकारी टोलीबीच छलफल हुन नसकेपछि अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ ।

 पदोन्नतीको माग गर्दै सामूहिक राजिनामा दिएर धर्नासहित विरोधमा उत्रिएका चिकित्सकसँग समस्या समाधानका लागि प्रतिष्ठान र स्वास्थ्यमन्त्राले चासो नदिँदा उपचारका लागि पुग्ने विरामी प्रभावित भएको हाम्रा सहकर्मीले जनाएका छन् ।

 पछिल्लो एक साता यता हुँदै आएको चिकित्सकहरुको विरोधका कारण सर्वसाधारणको स्वास्थ्य उपचार सेवा, चिकित्सा शिक्षा अध्ययनरत एक हजार बढी विद्यार्थीको पठन पाठन र परीक्षा सञ्चालन समेत प्रभावित भएको छ ।

 प्रतिष्ठानमा विगत ७ बर्षदेखि बढुवा प्रक्रिया सुरु नगरेको भन्दै १ सय ७७ जनाले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर सामुहिक राजिनामा बुझाउँदै विरोध सुरु गरेका थिए ।  


प्रतिक्रिया