अख्तियारको नक्कली कर्मचारी बन्ने चितवनका एक जना बाँकेबाट पक्राउ

कार्तिक ११, २०८० | नेपालगञ्ज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नक्कली कर्मचारी बनेर सेवा सुविधा लिने एक जनालाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–२ का ३७ वर्षीय मोहन कोइराला छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० राझामा बस्दै आएका कोइरालाले अख्तियारको कर्मचारी हुँ भन्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थाबाट सेवा सुविधा लिएको पाइएपछि पक्राउ गरेकोे बाँके डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

कोइरालालाई सोधपुछ गर्ने क्रममा उनले अख्तियारका कर्मचारी तथा प्रहरी टोलीलाई गालीगलौज गरी काम कारबाहीमा अवरोध गरेको डीएसपी डाँगीले बताउनुभयो । 


प्रतिक्रिया