जवरजस्ती करणी आरोपमा गोरखाबाट एक जना पक्राउ

कार्तिक २०, २०८० | गोरखा

गोरखामा २४ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

सिरानचोक गाउँपालिका–३ का २९ वर्षीय सन्जिव अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । गत वर्ष साउन २ गते महिला शौचालयबाट निस्केको अवस्थामा करणी गरेको भन्दै केही दिन अघि प्रहरीमा परेको उजुरीका आधारमा अधिकारी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक रविन्द्र अधिकारका अनुसार घटना भएको लामो समय भएपनि डर त्रासका कारण पीडित परिवारले उजुरी दिन सकेका थिएनन् । 


प्रतिक्रिया