रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु

मंसिर १२, २०८० | काठमाडौं
रुसी सेनामा भर्ना भएका एक नेपालीको मृत्यु भएको छ । रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले राजकुमार रोक्काको मृत्यु भएको पुष्टि गर्नु भएको छ । घटनाका बारेमा विस्तृत सोधखोज भइरहेको उहांले बताउनुभयो ।
मस्कोमा नेपाली दूतावासले मारिएका व्यक्तिबारे विस्तृत सोधखोजपछि आधिकारिक जानकारी गराउने तयारी भएको छ । रुस र युक्रेनबीचको युद्धका क्रममा केही नेपालीहरू पनि रहेको सूचना बाहिर आइरहेका बेला एक नेपाली मारिएकै घटना सार्वजनिक भएको हो ।