हात्तीको आक्रमणबाट सुनसरीमा एकको मृत्यु

मंसिर १४, २०८० | काठमाडौं
सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । चारकोशे झाडीबाट निस्किएका हात्तीको आक्रमणबाट इटहरी उपमहानगरपालिका–२ का रविन खड्काको मृत्यु भएको हो । गएराति साढे ९ बजेतिर जंगल क्षेत्रबाट बस्तीमा छिरेका हात्तीको बथान धपाउने क्रममा खड्कालाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
चार दिनयता इटहरीको १९, २०, २ र ३ नम्बर वडामा राति दैनिक हात्तीको बथान आउने गरेको छन् । प्रहरीका अनुसार हात्तीको बथान धपाउन ठूलो संख्यामा स्थानीय भेला हुने गरेका छन् ।