उत्तरी गोरखामा ४ महिना ढिला गरि चामल ढुवानी सुरु

मंसिर १७, २०८० | गोरखा

खाद्य ब्यवस्था तथा ब्यपार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले निर्धारित समय भन्दा ढिलो गरी जिल्लाको उत्तरी क्षेत्रमा चामल ढुवानी सुुरु गरेको छ ।

 आर्थिक वर्ष २०८०÷०८१ मा छुट्टाइएको कोटा अनुसार चुमनुव्री गाउँपालिका–३ सिर्दिवासस्थित डिपोमा चामल ढुवानी सुरु गरिएको हो ।

 उत्तरी गोरखा अन्र्तगत नामरुङ र चुम्लिङ विक्रि केन्द्रमा पनि चामल ढुवानीका लागि प्रक्रिया सुरु भइसकेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो । 

चालु आर्थिक वर्षको सुरुवातमै पुर्याउनुपर्ने चामल चार महिना ढिला गरि ढुवानी गर्न थालिएको हो ।  


प्रतिक्रिया