चन्दसहितका नेतालाई पक्राउ पूर्जी गरेकोमा समाजवादी मोर्चाको आपत्ति

पुस २, २०८० | काठमाडौं

नेकपाका महासचिव नेत्रविक्रम चन्दसहितका नेताविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको बिषयमा चार दल आवद्ध समाजवादी मोर्चाले आपत्ति जनाएको छ ।

अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको दुई सातापछि समाजवादी मोर्चाका संयोजक एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वक्तव्य जारी गर्दै त्यसबारे गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।

अदालतले महासचिव चन्दसहितका नेताविरुद्ध गत मंसिर १८ गते पक्राउ पुर्जी जारी गरेको थियो । समाजवादी मोर्चाले विगतमा सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको ३ वूदे सम्झौता कार्यन्वयन गर्न माग समेत गरेको छ ।

मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन मोर्चाले माग आग्रह गरेको छ ।  


प्रतिक्रिया