सिद्धार्थनगरद्वारा कृषकलाई अनुदानमा प्राङ्गारिक मल वितरण

फाल्गुन १०, २०८१ | तिलोत्तमा

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई अनुदानमा प्राङ्गारिक मल वितरण सुरु गरेको छ । खेतमा रसायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएपछि त्यसलाई कम गर्न प्राङ्गारिक मल वितरण गरिएको नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताउनुभयो । 

उहाँले किसानले रसायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पीएच मानसँगै नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने हुँदा नगरपालिकाले प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन गरेको बताउनुभयो । 

नगरपालिकाले वितरण गर्न लागेको यो मल कौसी खेती, करेसावारी, फलफूलका बिरुवामा बढी लाभदायी हुने नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो चरणमा नगरपालिकाले ७ सय ७२ बोरा प्राङ्गारिक मल वितरण गर्ने छ । २५ किलोग्रामको एक बोरालाई बजारमा प्रतीकेजी ३२ रुपैयाँ पर्दछ ।

नगरपालिकाले कृषकलाई १६ रुपैयाँमा वितरण गरिरहेको हो । प्राङ्गारिक मल झारपात, कुखुराको सुलि लगायतको प्रयोग गरी बनाइने बन्ने हुँदा अग्र्यानिक खेतीको लागि बढी उपयोगी रहेको उहाँको भनाई छ ।


प्रतिक्रिया