एक महिनामा विभिन्न कसुरमा संलग्न ३२ सय ६४ जना पक्राउ

फाल्गुन १०, २०८१ | काठमाडौं

पछिल्लो एक महिनामा विभिन्न कसुरमा संलग्न भएको आरोपमा प्रहरीले ३ हजार २ सय ६४ जनालाई पक्राउ गरेको छ ।

 नेपाल प्रहरीले सार्वजनिक गरेको एक विवरण अनुसार देशभरका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार काठामाडौं उपत्यकाबाट मात्रै ९ सय ३ जना पक्राउ परेका छन् ।

 उपत्यका पछि मधेश प्रदेशबाट ६ सय १३ जना पक्राउ परेका छन् भने लुम्बिनी प्रदेशबाट ५ सय ८३ र कोशी प्रदेशबाट ५ सय २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम ५५ जना र सुदरुपश्चिम प्रदेशबाट ८९ जना पक्राउ परेका छन् । 

प्रहरीले पक्राउ परेकाहरुबाट २३ करोड ९२ लाख ९१ हजार रुपैयाँ जरिवाना संकलन गरेको छ भने ६ सय ७२ वर्ष ६ महिना २३ दिन कैद सजाय माग दाबी गरेको छ । काठमाडौं उपत्यकाबका तीन जिल्लाबाट प्रहरीले ५ करोड ८२ लाख ६४ हजार, लुम्बिनी प्रदेशबाट १० करोड ९९ लाख ९२ हजार र गण्डकी प्रदेशबाट १ करोड ६४ लाख ४७ हजार रुपैयाँ जरिवाना माग गरेको छ ।  


प्रतिक्रिया