केआइआइटीका १६२ नेपाली विद्यार्थी वीरगञ्ज नाकाबाट स्वदेश फर्किए

फाल्गुन १०, २०८१ | पर्सा
भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत १ सय ६२ विद्यार्थीहरु वीरगञ्ज नाका हुँदै नेपाल फर्किएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयका अनुसार बुधबारदेखि शुक्रबारसम्ममा यति संख्यामा नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका हुन् । यो नाका हुँदै फर्किने सो इन्स्टिच्युटका विद्यार्थीको तथ्यांंक सीमामै स्थानीय प्रशासलने संकलन गरिरहेको छ ।
फर्किएका अधिकांश भारतको कोलकाता हुँदै रक्सौलसम्म आईपुगेका हुन् । फर्किएका मध्ये करीब ८० प्रतिशत विद्यार्थी पर्साका बाँकी बारा, रौतहट, धनुषा लगायत जिल्लाको रहेको खुलेको छ । घर फर्किएका धेरै जसो विद्यार्थीले आत्महत्या गरेकी नेपाली छात्रा प्रकृति लम्सालले न्याय पाउनु पर्ने माग गरेका छन् ।
आफूहरुलाई बिना कारण होस्टेलबाट निकालिएको गुनासो गर्दै उनीहरुले नजिकिएको आफूहरुको परीक्षा तत्कालका लागि स्थगित गरिनुपर्ने माग पनि गरेका छन् । पर्साका प्रमुख जिल्ला अधिकारीका अर्यालयका अनुसार केआईआईटी विश्वविद्यालयबाट फर्किएका नेपाली विद्यार्थीहरुको एक समूहले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । ‘१५/१६ जनाको संख्यामा विद्यार्थी ज्ञापनपत्र लिएर आएका थिए,’ अर्यालले भन्नुभयो, ‘ज्ञापनपत्रमा उनीहरुले आफूहरुलाई इन्स्टिच्युट फर्किने वातावरण बनाइदिन आग्रह गरेका छन् ।’
ज्ञापनपत्र बुझ्दै प्रजिअ आचार्यले यो घटना अब राष्ट्रिय स्तरको भई सकेकाले आफूले तत्कालै चाहेर पनि व्यक्तिगत रुपमा सहयोगको आश्वासन दिन नसक्ने बताउनुभयो । ‘गृह र परराष्ट्र मन्त्रालयले समेत आआफ्नै किसिमनले यो घटनामा काम गरी रहेको छ,’ उहाँले भन्नुभयो, ‘जिल्ला स्तरबाट दिन सकिने सूचना, समन्वय र सहयोग गर्न म तयार छु भनि प्रतिबद्धता जनाएको छु ।’