गोरखामा स्वास्थ्य बीमा गराउनेको संख्या एक लाख नाघ्यो

पुस ५, २०८० | गोरखा

गोरखा जिल्लामा स्वास्थ्य बीमा गराउनेको संख्या एक लाख नाघेको छ ।

स्वास्थ्य बीमा बोर्ड जिल्ला कार्यलय गोरखाका अनुसार स्वास्थ्य बीमामा आवद्ध परिवारको संख्या २० हजार तीन सय १९ पुगेको छ ।

जिल्लामा २०७४ असार १५ बाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । बुधवारसम्म ४७ हजार ६ सय ३७ पुरुष र ५२ हजार ६ सय १० महिला गरी एक लाख २४ जनाको स्वास्थ्य विमा भएको स्वास्थ्य बीमा बोर्ड जिल्ला कार्यालय गोरखाका प्रमुख विशाल लौडारीले जानकारी दिनुभयो । जिल्लाभरको जनंख्याको आधारमा ४० प्रतिशतले स्वास्थ्य बीमा गरेको लौडारीले बताउनुभयो ।

११ स्थानीय तह मध्ये सबैभन्दा धेरेै गोरखा नगरपालिकामा २५ हजार ३७ जना विमित सदस्य पुगेको छ । यस्तै चुमनुव्री गाउँपालिकामा सबैभन्दा कम ७ सय ७४ बिमित सदस्य छन् ।


प्रतिक्रिया