विमानस्थल अध्यागमन अधिकृत र प्रहरीबीच हातपात घटनाः तीन प्रहरीको सरुवा

माघ २६, २०८० | काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको हातपातमा संलग्न तीन जना प्रहरी अधिकारीको काज सरुवा भएको छ ।

 विमानस्थलमा गत माघ १२ गते भएको घटनाको छानबिनका लागि विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत उनीहरुलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको हो । 

प्रहरी अधिकारी र अध्यागमन अधिकृत छायाँलाल मोक्तानबीच हातपात भएको घटना बाहिरिएसँगै अनुसन्धानका लागि घटनामा संलग्न प्रहरी अधिकारी असई संजय तामाङ, प्रहरी जवानहरु रवि रञ्जन गुप्ता र राजकुमार महतोलाई रानीपोखरी कार्यालयमा तानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका बरिष्ठ प्रहरी  उपरिक्षक एवं सूचना अधिकारी दिनेशराज मैनालीलले जानकारी दिनुभयो ।

 विमानस्थलस्थित मेटल डिटेक्टर भएको स्थानमा जाँचका लागि खटिएको प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई जाँच गर्न लाग्दा प्रहरी र अधिकृतबीच हातपात भएकोे थियो । विमानस्थल कार्यलयमा भएको सो घटनाको अनुसन्धानका लागि भन्दै गृहमन्त्रालयले गठन गरेको छानविन समितिको सिफारिसका आधारमा उनीहरुको काज सरुवा भएको हो । 

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा सोहि दिन नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्याग्मन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेको छानविन समिति गठन भएको थियो ।  


प्रतिक्रिया