२५६८ औँ बुद्ध जयन्ती आज

जेष्ठ १०, २०८१ | काठमाडौं

२५६८ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । प्रत्येक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

इसापूर्व ५६३ अर्थात् २५६८ वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट बैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

भगवान गौतम वुद्धको उपमा पाएका सिद्धार्थ गौतमले शान्ति, ज्ञान र उपदेशमा पु¥याएको योगदानको स्मरणमा बुद्ध जयन्ती मनाउने गरिन्छ ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात मुत्यु बैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ जस्ता सन्देशका भगवान् गौतम बुद्धले दिएका थिए ।

बौद्ध धर्मावलम्बीलेचैत्य, गुम्बा, विहार लगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्दछन् ।

आम सर्वसाधारणलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । 


प्रतिक्रिया